नियम ५५
निवेदन दस्तुर
(१) न्यायाधिकरणमा दिइने निवेदनपत्रसाथ दश रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधिकरणमा
परेको मुद्दामा नेपाल सरकारको तर्फबाट अभियोगपत्र, निवेदनपत्र इत्यादि दर्ता गर्दावा सम्बन्धित मिसिल कागजपत्रको निरीक्षण गर्दा वा नक्कल सारी लि“दा प्रचलित नेपाल कानून बमोजिम लाग्ने कुनै फी वा दस्तुर लाग्ने छैन ।
(३) यस नियमावली वा प्रचलित नेपाल कानून बमोजिम न्यायाधिकरणमा लाग्ने कुनै दस्तुर बुझाउ“दा नगदमा बुझाउनु पर्नेछ ।